रामचन्द्र पौडेललाई ऋषि धमलाको प्रश्न-तपाईँ किन शेरबहादुर देउवासँग सहकार्य गर्न थाल्नुभयो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७९, सोमबार ०५:२३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यक्तिको रुपमा समर्थन भन्दापनि संविधान र व्यवस्था बचाउनको लागि सहकार्य गरेको बताएका छन् ।

पत्रकार ऋषि धमलाले तपाईँ किन शेरबहादुर देउवासँग सहकार्य गरिरहनुभएको छ ? भनेर सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् । उनले संविधान र व्यवस्था बचाउनको लागि सबै पार्टी मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले सबैभन्दा ठूलो कुरा सिस्टम बचाउनु नै ठूलो भएको सुनाए । उनले आफूले राजनीति स्थायित्व, सुशासन, सामाजिक न्याय र विकासलाई नै अब बढावा दिनुपर्नेमा जोड दिँदै आएको स्मरण गराए ।

सबै दलले यही मर्मलाई आत्सात् गर्नुपर्नेमा उनको जोड थियो । उनले विकासको लागि सबै दल मिल्नुको विकल्प नरहेको जिकिर गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१