प्रचण्डले अहिले म प्रधानमन्त्री बन्दिनँ भनेपछि नेम्वाङले भने-राजनीतिमा सबै कुरा सम्भव छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७९, सोमबार ०५:२०

काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङले गणतन्त्र स्थापनापछिको १५ वर्षको अवधिलाई मिहिन ढंगले समिक्षा गर्नुपर्ने बताएका छन् । उनले अहिले पनि मुलुकको सामू चूनौति र अवसर दुवै खडा भएको सुनाउँदै यसलाई सबै दलहरु मिलेर सामना गर्नुपर्ने र अवसरलाई उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्राइम टिभीको पाँचौं वार्षिकोत्सव समारोहमा आयोजित विशेष कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै दल मिलेर नै नेपालको संविधान २०७२ जारी भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा पनि दलहरुबीच सहकार्य आवश्यक रहेको सुनाए ।

उनले संविधान आफूहरुले धेरै नै राम्रो बनाएको दाबी गरे । उनले संविधान कार्यान्वयनमा भएका कमजोरीलाई सबै मिलेर सच्याउनुपर्नेमा पनि जोड दिए । उनले अहिले दल र यसको नेतृत्वमा बसेकाहरुलाई मुलुक अप्ठ्यारोमा छ र भीरको मुखमा पुग्यौं भनेर भन्न नहुनेमा जोड दिए । उनले यस्तो सन्देश प्रवाह गर्न नहुने जिकिर गरे ।

दलका नेताहरुले मुलुकलाई विभिन्न कमजोरीको बावजुदपनि यो ठाउँमा ल्याईपुर्याएकोले आगामी दिनमा पनि सचेत ढंगले अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

उनले अहिलेको निर्वाचन प्रणालीले नै गठबन्धनको अनिवार्य कल्पना गरेको सुनाउँदै चुनावमा गठबन्धन हुने कुरा अचम्मको विषय नभएको स्पष्ट पारे । उनले प्रचण्डले आफू प्रधानमन्त्री नबन्ने भनेर गरेको दाबीप्रति संकेत गर्दै राजनीतिमा सबै कुरा सम्भव रहेको जिकिर गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१