नक्कली भिषा निकाली २५ लाख ठगी गर्ने पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०७९, शुक्रबार ०५:११

काठमाडौं । विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । विदेश पठाई दिन्छु भनि ठगी गर्ने काठमाडौं टोखा नगरपालिका–८ बस्ने चितवन भरतपुर महानगरपालिका–९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यापार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।

उनीलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१