धारिलो हतियार प्रयोग गरि नातीले गरे हजुर आमाको हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७९, बिहीबार १४:२५

उदयपुरको कटारी नगरपालिका वडा नं. ७ मा आफ्नै नातिले हजुरआमा लाई धारिलो हतियार प्रयोग गरि हत्या गरेका छन् । जग्गाको बिषयमा विवाद भए पछि बिहान पख अन्दाजी ७२ वर्षिय हजुरआमा मनमाया दनुवारलाई घरमै आएर घटीमा खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

यसअघि पनि उनले जग्गा बेचेर पैसा दिनु भन्दै धम्की दिने, म नसिक यातना दिदै आएका थिए । लामो समय बिदेश बसेर आएका रोहित केही महिना अगाडी मात्र घर आएका थिए । घटनास्थल मा किल्ला ठोक्ने हम्मर र खुकुरी भेटिएको छ । घटना घटाए लगत्तै रोहित दनुवार फरार भएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१