बिद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७९, बिहीबार १४:०६

विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी छात्रामाथि बलात्कार प्रयास भएको हो ।

कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा घर नजिकै यौन दुर्व्यवहारको शिकार भएकी हुन् । बालिकालाई खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । चिच्याएर प्रतिकार गरेपछि बालिका जोगिन सफल भएको स्थानीयले बताए ।

स्थानीयका अनुसार छात्राकी आमा खेताला गएकी थिइन् । उनका दाजु धारामा गएपछि बालिका एक्लै विद्यालय जाँदै थिइन् । बाटोमा भुवनले रुखबाट स्याउला झारिरहेका थिए । बालिकालाई देखेपछि भुवनले पर्खन लगाएर नजिँकै खोल्सीमा लगेर बलात्कार प्रयास गरेको आफन्तले बताए । कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन् तर चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पीडितको भनाइ छ । रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो ।

 

घटनालगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर माफ मगाएर मिलापत्र गराइएको थियो । तर, अन्य आफन्तको सल्लाहमा पीडित परिवारले इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेपछि आरोपी फरार छन् । पीडित परिवार सिँधै प्रहरी कहाँ पुग्न नसकेको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

पिडकविरुद्ध उजुरी परेपछि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले राति नै घटनास्थल पुगेर मुचुल्का तयार पारेको छ । थप कानुनी प्रक्रियाका लागि पीडित पक्षलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आरोपीले यसअघि पीडित बालिकाकी दिदिलाई समेत यौन दुर्व्यवहार गरेको आफन्तको दाबी छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०