गोकर्णेश्वरका नव निर्वाचित नगर प्रमुख तथा उप प्रमुखले गरे पदभार ग्रहण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७९, मंगलवार ०५:३३

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसाल र उप प्रमुख सान्नानी लामाले सोमबार पदभार ग्रहण गरेका छन । सोमबारनै नगरप्रमुख र उपप्रमुखसँगै वडाध्यक्ष तथा सदस्यहरूको समेत शपथ ग्रहण र पदभार भएको छ । वडा अध्यक्ष तथा सदस्यहरुलाई नव निर्वाचित नगर प्रमुख दिपक रिसालले सपथ ग्रहण गराएका थिए ।

 

नगर प्रमुख दिपक रिसालले गोकर्णेश्वर नगरपालिका वडा नं ४ को विपद व्यवस्थापन अन्तर्गत जोखिमयुक्त रुख कटान गर्न पहल गर्ने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन । पदभार ग्रहणपछि नगरप्रमुख रिसालले सबै राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी गोकर्णेश्वरको साझा विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन । गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेसबाट र उपप्रमुखमा एमालेबाट प्रतिनिधित्व गरेका छन् ।

सपथ ग्रहण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, गोकर्णेश्वर नगरपालिकाकी निर्वाचन अधिकृत लगायत कर्मचारी र नव निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा कर्मचारी भुपेन्द्र बोहोराले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन प्रशासन प्रमुख टंक नाथ घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१