काठमाडौँ महानगर: बालेन्द्र साहलाइ ४६ हजारभन्दा बढी मतको अग्रता ,स्थापित तेस्रो नम्बरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७९, सोमबार १४:११

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा हालसम्म एक लाख ३३ हजार ९९३ मत गणना भइसकेको छ । सो मत गणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ ले ४६ हजारभन्दा मत प्राप्त गरि अग्रता कायम गरेका छन् ।

आज १२ बजेसम्मम बालेनले ४६ हजार २१ मत प्राप्त गरेका छन् । २७ हजार ४८३ मतका साथ गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले उनलाई पछ्याइरहेकी छिन् । यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित २६ हजार ५१९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ हजार ८० मत प्राप्त गरेका छन् ।

 

त्यसैगरी, उपप्रमुखमा फराकिलो मतान्तरसहित नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिइरहेकी छिन् । उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले पछ्याइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१