सुरुङ्गा गोल्ड कपमा ४ देश बीच भिडन्त हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ आश्विन २०७१, शनिबार १०:५५
footballझापामा आयोजना भएका फुटबल प्रतियोगिताहरु मध्ये सर्वाधिक धन राशी पुरस्कार रहेको सुरुङ्गा गोल्ड कपको दोस्रो संस्करणको उपाधि रक्षाका लागि ४ देशका उत्कृष्ट क्लबहरुका बीच चर्को भिडन्त हुने तय भएको छ ।
कनकाई नगरपालिका ३ सुरुङ्गास्थित कनकाई उच्च माविको खेल मैदानमा सुरुङ्गा जेसीजद्वारा आयोजित गोल्ड कपमा आयोजक सुरुङ्गा, हालैको एनफा कप विजेता झापा ११ सहित काठमाडौंको चर्च ब्वाइज, मोरङ्गको मोरङ्ग ११, सुनसरीको धरान फुटबल क्लब गरी नेपालका ४ टिम र अफ्रिकाको अफ्र्रिकन युनाइटेड, भारतको कञ्चनजङ्गा स्पोर्टिङ क्लब सिलगढी र भुटानको फ्रेण्डस् क्लबले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको सुरुङ्गा जेसिजका अध्यक्ष शिव कडेँलले बताए । आउँदो असोज २८ गते देखि कात्तिक ४ गते सम्म हुने उक्त खेलको उद्घाटन पूर्वाञ्चल क्षेत्रिय प्रशासक अन्नपूर्ण दासले गर्ने भएका छन् ।
 प्रतियोगिताको बिजयी तथा उपविजयी हुने टिमले नगद रु। १ लाख ११ हजार १ सय ११ र ५१ हजार १ सय ११ रुपैयाँ ट्रफी र मेडल सहित प्राप्त गर्ने सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताए । प्रतियागिताको प्रथम पुरस्कार झापा सुरुङ्गाका हाल अष्ट्रेलिया निवासी दिनेश पोखरेलले तथा दोस्रो पुरस्कार स्काई  वेव मेनपावर काठमाडौंले गर्ने भएका छन् । उक्त प्रतियोगिताको सञ्चार संयोजनमा सुरुङ्गा प्रेस क्लबलाई राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१