देशभर ७०५ पालिकाको मतगणना सकियो,४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७९, आईतवार १२:३९

काठमाडौं।  निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ ।

आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।

हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि ठूलो संख्यामा क्रमसः नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी, नेपाल, नेकपा ९एकीकृत समाजवादी० र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी बनेका छन् ।

आयोगका अनुसार कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितीसकेको छ भने मतगणना भइरहेकामध्ये १४ पालिकामा अग्रता लिइरहेको छ ।

यस्तै, एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये १६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

माओवादीका उम्मेदवार १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् भने २ पालिकामा अग्रता लिइरहेका छन् ।

जनता समाजवादी पार्टी, नेपालले हालसम्म २७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना चलिरहेकामध्ये ३ पालिकामा जनता समाजवादी पार्टीको उम्मेदवारले अग्रता लिएका छन् ।

नेकपा ९एकीकृत समाजवादी०ले १७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये दुईवटामा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

तोकतान्त्रिक समाजवादी पार्टी, नेपालले हालसम्म १२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् भने ५ वटामा अग्रता लिइरहेका छन् ।

आयोगका अनुसार हालसम्म २८ पालिकाको प्रमुख तथा अध्यक्ष पद अन्य दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना भइरहेकामध्ये तीन पालिकामा अझै स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१