फेरी बढ्यो सुनको मुल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७९, शुक्रबार १२:५२

शुक्रबार सुनको मूल्य एकैपटक १००० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ १००० रुपैयाँले बढेको हो ।

बिहीबार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३०० रुपैयाँ रहेकोमा आज बढेर ९७ हजार ३०० रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि प्रतितोला ९५ हजार ८०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज बढेर ९६ हजार ८०० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ । बिहीबार एक हजार २५५ रुपैयाँ रहेको चाँदीको भाउ आज एक हजार २७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया