सकियो २०७४ का जनप्रतिनिधिको कार्यकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७९, शुक्रबार ०५:५०

काठमाडौँ । २०७४ सालमा ७५३ वटा पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल सकिएको छ। २०७४ सालमा सरकारले तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेको थियो।

पहिलो चरणमा २०७४ साल वैशाख ३१ गते वागमती, गण्डकी र कर्णाली प्रदेशका स्थानीय तहमा निर्वाचन भएको थियो भने दोस्रो चरणमा २०७४ साल असार १४ गते प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन भएको थियो।

त्यस्तै तेस्रो चरणमा २०७४ साल असोज २ गते मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन भएको थियो। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ मा रहेको व्यवस्था अनुसार तीन चरणमा चुनाव भएपनि सबै स्थानीय जनप्रतिनिधिको कार्यकाल २०७९ साल जेठ ५ गते सकिने उल्लेख गरिएको छ।

यही उपदफालाई आधार मान्दै निर्वाचन आयोगले २०७४ साल वैशाख ३१ गते निर्वाचन सम्पन्न भएको मानेको छ भने दफा ५५ को उपदफा १ अनुसार २०७९ साल जेठ ५ गते कार्यकाल सकिने बताएको छ। यस्तै देशभरका पालिकाहरुमा नयाँ जनप्रतिनिधि चुन्न गत वैशाख ३० गते चुनाव सम्पन्न भएको छ तर मतगणनामा ढिलाइ हुँदा सबै पालिकाको मतपरिणाम भने सार्वजनिक हुन सकेको छैन।

सपथ नलिएसम्म नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्न नपाउने कानुनी व्यवस्था रहेको छ। नयाँ जनप्रतिनिधिले शपथ नलिएसम्म पालिकाहरु जनप्रतिनिधि विहीन हुनेछन्। जनप्रतिनिधिले सपथ नलिएसम्म कर्मचारीबाट प्रशासनिक काम हुने भएकाले खासै समस्या नहुने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१