काठमाडौँ महानगरको गन्न बाँकी मत कति छ ? कहिलेसम्म आउँला अन्तिम नतिजा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७९, बिहीबार १३:३९

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले निरन्तर अग्रता लिईरहेका छन् । रोचक के छ भने हरेक मतगणनाको परिणाम आउँदा उनले पाएको मत एमालेका उम्मेदवार केशव स्थापितको भन्दा दोब्बर हुने क्रम एकै लयमा छ ।

हालसम्मको ताजा मत परिणाम अनुसार बालेन शाहले २२ हजार बढी मत पाई सकेका छन् । शाहले २२ हजार ८४२ मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन् । नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले भने १० हजार ९६८ मत पाएकी छन् ।

अहिलेसम्म ५८ हजार ८५० मत गणना सकिएको छ । वैशाख ३० गते भएको निर्वाचनमा काठमाडौँ महानगरमा कुल खसेको मत १ लाख ८९ हजार ४२० हो । वैशाख ३१ बिहानबाट मतगणना सुरु भएर आजसम्म आईपुग्दा ५ दिन पुरा भईसकेको छ । मत गणनाको पछिल्ल्लो गति अनुसार २४ घण्टामा १५ हजार मतगणना भईरहेको छ । अब काठमाडौँ महानगरको गन्न बाँकी मतनै १ लाख ३० हजार ५७० रहेको छ । यस हिसाव अनुसार अहिलेकै गतिमा मतगणना हुँदै जाने हो भने अझै काठमाडौँको अन्तिम मत परिणाम आउन ८ देखि ९ दिन लाग्ने देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१