काठमाडौंकाे शंखरापुर नगरपालिकामा राप्रपाकाे ऐतिहासिक जित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७९, बिहीबार ०५:३५

काठमाडौं । बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक काठमाडौंमा राप्रपाले ऐतिहासिक विजय निकालेको छ । २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ पहिलो मत ल्याए पनि प्रत्यक्षतर्फ राप्रपाले ऐतिहासिक साँखुबाट विजय गरेको छ ।

शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै नापित विजयी भएका छन् । उनले ५१८२ मत ल्याउँदा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठले ४,४७८ मत ल्याएका छन् ।

साबिक स्थानीय निकायका गाविसमा जिते पनि गणतन्त्र स्थापनापछि स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलो पटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

शंखरापुरमा राप्रपाले तीन वटा वडा समेत जित्न सफल भएको छ । शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१