कांग्रेसले समाजवादीलाई असहयोग गर्दा शंखरापुरको प्रमुख राप्रपाको पोल्टामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७९, बुधबार ०५:१६

काठमाडौँ । राष्टिय प्रजतान्त्र पार्टी राप्रपाले काठमाडौँको शंखरापुर नगरपालिकामा प्रमुखसहित तीनवटा वडा जितेको छ। मंगलबार राति सकिएको मत गणनाअनुसार राप्रपाका रमेश नापितले ४७०० मत ल्याउँदै विजयी भएका हुन्।

निर्वाचन अधिकृत सिता निरौला फुयालका अनुसार उनका निकतम प्रतिद्धन्द्धी एकीकृत समाजवादीका एलपी श्रेष्ठले ४२०२ मत ल्याएका छन्।

नापितले श्रेष्ठलाई ४९८ मतले पछि पारेका हुन्। त्यस्तै एमालेबाट प्रमुख पदका आकांक्षी कृष्ण बजगार्ईंले ३६२२ मत ल्याएका छन् भने माओवादी केन्द्रका निरज केसीले २२४४ मत पाएका छन्।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी समिता श्रेष्ठ विजयी भएकी छिन्। उनले ६३६२ मत पाएकी छिन् भने प्रतिद्धन्द्धी विजयाकुमारी वाइवाले ३२९८ मत पाएकी छिन्।

एमालेकी उम्मेदवार लक्ष्मी ढकाल केसीले २९४३ मत ल्याइन भने माओवादीकी चण्डिका दंगालले २२६२ मत पाएकी छिन्।

गठबन्धन गरे पनि कांग्रेसले असहयोग भएको आरोप समाजवादीले लगाएको छ। यहाँ कांग्रेस र समाजवादीको तालमेल भएको थियो। समाजवादीका नेताहरुले कांग्रेस उपप्रमुखमा भोट लिएको तर दिने चाहिँ बेइमानी गरेको गुनासो गरेका छन्।

९ वटा वडामध्ये राप्रपाले ३, ६ र ७ जितेको छ भने कांग्रेसले २, ४, ८ र ९ एमालेले ५ र माओवादीले १ नम्बरमा जितेको छ। समाजवादीबाट ६ जना वडा सदस्य निर्वाचित भएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१