गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका नवराज लामा निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७९, बुधबार ०५:०५

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका नवराज लामा वडा अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नवराज लामा निर्वाचित हुँदा सदस्यहरुमा भने नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

 

यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर ६ को वडा सदस्यमा निर्वाचित भएका नवराज लामा पुन दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिपक लामालाइ पराजित गर्दै बिजयी भएका हुन । अध्यक्ष नवराज लामा सहित वडा सदस्यमा नेपाली कांग्रेसका बच्चुराम शर्मा कुइकेल प्रेम खड्का, मन्जु पुडासैनी र बसन्ती नगरकोटी निर्भवाचित एका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१