रसुवाको २४ वडाको मतगणना सकियो : १२ एमाले, ११ वडामा कांग्रेस विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७९, मंगलवार ०५:३७

रसुवा । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसै क्रममा रसुवाका पाँच पालिकाकाका २४ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा (एमाले)ले १२, कांग्रेसले ११ र नेकपा (माओवादी केन्द्र)ले एउटामा वडाध्यक्ष पद जितेको छ ।

सोमबार दिउँसो २ बजेसम्मको नतिजाअनुसार एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ५ र ६, आमाछोदिङ्मोको १, ३ र ४ र नौकुण्डको २ र ३ नम्बर वडा जितेको छ ।

यस्तै, नेपाली कांग्रेसले कालिकाको २, ३ र ४, नौकुण्डको १, ४ र ५, गोसाइँकुण्डको २ र ४, आमाछोदिङ्मोको २ र ५ तथा उत्तरगयाको ४ नम्बर वडामा विजयी भएको छ ।

माओवादी केन्द्रले हालसम्म कालिका–१ मा मात्रै जित हासिल गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१