बागीलाई कुनै पनि हालतमा माफ गर्नेछैनौ : सभापति देउवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०७९, मंगलवार ०४:४२

धनगढी । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी रहेको बताएका छन् ।

सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन जितेमात्र संघीय सरकार बलियो हुने समेत दाबी गरे ।

प्रधानमन्त्री देउवाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरे । उनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारहरुलाई सहयोग नगर्ने भन्दै फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिए । उनले भने,‘बागीलाई कुनै पनि हालतमा माफ गर्नेछैनौ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१