६५ जिल्लामा मतपत्र ढुवानी, शुक्रबारसम्म देशभर नै ढुवानी सकिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७९, बिहीबार ०५:१३

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएको छ । लक्ष्यअनुसारको मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएको छ ।

आयोगको उपसचिव ऋषिराम भुषालकाअनुसार लक्ष्यअनुसारको मतपत्र छपाइ कार्य सम्पन्‍न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाइ कार्य भइरहेको छ । पुनः छपाइ भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने उनले जानकारी दिए ।

आयोगले हालसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ । आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाकाअनुसार अब मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी रहेको छ ।

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१