चितवन पुगेका प्रधानमन्त्री देउवा निजी गाडी चढेर पुगे होटेल सिराइचुली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७९, बिहीबार ०५:०४

चितवन । गठबन्धनका दलले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् ।

देउवा नेपाली सेनाको जहाज चढेर साँझ साढे ५ बजे भरतपुर विमानस्थलमा ओर्लिएका हुन् । विमानस्थलबाट बा३च २०५० नम्बरको निजी गाडीमा चढेर देउवा होटेल सिराइचुली पुगेका छन् ।

निर्वाचन आचारसंहिता लाग्ने भएकाले उनी निजी गाडी चढेका हुन् । देउवाविरुद्ध आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीसमेत परेको छ ।

बहालवाला प्रधानमन्त्री कुनै दलका उम्मेदवारको प्रचारप्रसारका लागि सरकारी सम्पत्तिको प्रयोग गरेर आउन लागेको भन्दै अधिवक्ता सुनिता अधिकारीले उजुरी हालेकी हुन् । पाँच दलीय गठबन्धनले बिहीबार केन्द्रीय बसपार्कमा चुनावी सभाको आयोजना गर्दै छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१