७ जेष्ठ २०७९, शनिबार
Follow Us

नेपाल प्रहरीलाई मेगा बैंकको सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७९, बुधबार ०५:३९

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ ।

मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।

सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया