सुनिता डंगोलविरुद्ध अख्तियारमा परेको उजूरीको प्रमाण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७९, बुधबार ०५:३६

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको प्रमाण सार्वजनिक भएको छ । उनीविरुद्ध अख्तियारमा १६ वैशाखमै उजूरी परेर दर्तामा छाप पनि हानिएको छ ।

अख्तियारमा उक्त उजूरीको दर्ता नम्बर सी ०३२५३१, ०७९०११६, १५२६२३८५ छ । उजूरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।

सुनिता डंगोलविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर काठमाडौं महानगरपालिकामा नियुक्ति लिएको भन्दै अख्तियारमा उजूरी

काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप छ ।

उजूरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ ।

डंगोलले भने आफूविरुद्ध प्रोपोगान्डा रचिएको दाबी गरेकी छिन् । तर, उजूरी परेको सत्य खुलिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१