राहुल गान्धी ठमेलको नाइट क्लबमा महिलासँग बसेपछि भारतमा चर्को आलोचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७९, बुधबार ०५:२७

काठमाडौं । नेपाल आएका भारतीय कांग्रेस पाटीका पूर्व अध्यक्ष रहुँल गान्धी ठमेलको नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स)मा बसेपछि नेपाल र भारतमा यस्को ठूलै चर्चा भैरहेको छ । यही क्लबमा बसेको फोटो सामाजिक संजालमा शेयर भएपछि भारतमा चर्को आलोचना भएको छ । चौतर्फी चर्चामा रहेको उक्त भिडियोमा राहुल एक महिलासँग छन् । सो महिला चिनियाँ नागरीक रहेको उच्च स्रोतको दाबी छ । राहुल सोमबार राति ११ बजेदेखि १ बजे मध्यरात सम्म सोही महिलासँग थिए ।

गान्धि सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका थिए । म्यानमारका लागि पूर्वनेपाली राजदूत भीम उदासकी तथा पुर्वसचिवकी छोरी एवं सीएनएनकी पुर्वपत्रकार सुम्निमा उदासको विवाहमा सहभागि हुन आएका हुन् । सुम्निमाको नीमा मार्टिन शेर्पासँग विवाह भएको छ । चिनियाँ नागरीक पनि सोही साथिको विवाहमा आएका हुन् । राहुल नक्सालस्थित होटल मेरियटमा बसेपनि राति नाइट क्लबमा पुगेका थिए ।

अमेरिकामा बस्दै आएकी सुम्निमा उदास कि साथीसँग नाइट क्लबमा बसेपनि भारतीय मिडियाहरुले ति चिनियाँ नागरीक नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी रहेको भन्दै चौतर्फी आलोचना गरिरहेका छन् । आफ्नो व्यक्तिगवत कामले नेपालमा रहेका गन्धीको भिडियो सार्वजनिक भएपछि भारतमा तरंग आएको छ । गान्धीका विपक्ष पार्टीले उनिमाथि तिव्र आलोचना गर्दे आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१