मलेसियाको जेट विमान दुर्घटनाबाट बच्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७१, सोमबार १०:१६

नयाँ दिल्ली, ८ वैशाख । भारतको बंैगलोरका लागि मलेसियाबाट उडेको मलेसियाको जेट विमान सोमबार दुर्घटनाबाट बचेको बताइएको छ ।

सो विमान उड्नासाथै खराबी देखिएपछि क्वालालम्पुरको सोही अन्तर्राष्ट्रिय विमाननस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

मलेसियाको राजधानी क्वालालम्पुरमा सो विमान सोमबार बिहान आकस्मिक अवतरण गराइएको समाचारमा जनाइएको छ ।

सो विमान उडेपछि अकस्मात विमानको पछिल्लो टायरमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको हवाई अधिकारीहरुले जनाएका छन् ।

सो टायर अकस्मात विस्फोट भएको थियो । स्थानीय टेलिभिजनहरुले सो विमानको टायर आकासमै पड्किएको जनाएका छन् ।

विमानमा रहेका यात्रुहरु भने सकुशल रहेका बताइएको छ । सो विमानमा १६६ यात्रु रहेका थिए । गत महिना मात्र मलेसियन एयरलाइन्सको एक विमान २३९ जना यात्रुसहित हराईरहेको छ ।

त्यसपछि यो सोमबारको दुर्घटनाले पनि मलेसियाको सरकारी ध्वजाबाहक विमान कम्पनीप्रति विश्वास झनै घट्नसक्ने अनुमान गरिएको छ । रासस÷सिन्ह्वा

०४– अफगानिस्तानमा उनान्तीस तालिवान मारिए

काबुल, ८ वैशाख । अफगानिस्तानमा अफगान सैनिकले तालिवानविरुद्ध आइतबारदेखि सोमबार बिहानसम्म जारी राखेको कारबाहीमा कम्तीमा २९ जना तालिवानको मृत्यु भएको समाचार छ ।

गत २४ घण्टासम्म जारी राखेको सो कारबाहीहरूमा अन्य ११ जना तालिवान घाइते भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

सो मन्त्रालयले दिएको जानकारीअनुसार तीन जना तालिवान पक्राउ परेका छन् । उक्त मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाको पुष्टि गरिएको छ ।

यसैबीच अफगान राष्ट्रिय सुरक्षाबलले अफगानिस्तान सातवटा प्रान्तका १२ वटा सडक किनारमा र जमिनमुनि राखिएका बम निष्क्रिय बनाइएको जनाइएको छ ।

सैनिकले अफगानिस्तानका समाङगआन, फार्याब, जाबुल, उरुज्गान र हेलमान्ड प्रान्तमा सो कारबाही जारी राखेको थियो ।

कारबाहीको क्रममा सुरक्षा बलतर्फ भने कुनै हताहति नभएको र प्रहरीले विभिन्न हातहतियार कब्जा गरेको पनि उल्लेख गरिएको छ ।

अफगानिस्तानको सेना र नेटोसँग आबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबलले विगत करिब दश वर्षदेखि तालिवानहरूका विरुद्ध कारबाही जारी राखेको छ ।

यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक स्वदेश फर्किसक्ने बताएका छन् । हाल त्यहाँ पचास हजारभन्दा बढी नेटो सैनिक रहेका छन् ।

प्रतिक्रिया