घोषणापत्र अनुसारनै काम गर्ने सृजना सिंहको प्रतिवद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७९, मंगलवार २०:५१

काठमाडौं  ।  काठमाडौं महानगरमा नेपाली कांग्रेसकाे तर्फबाट मेयर पदकाे प्रत्यासी सिर्जना सिंहले काठमाडौं महनगरवासीलाई ठुला सपना देखाउने भन्दा पनि व्ववस्थित र सफा काठमाडौं बनाउन प्रमुख भुमिका खेल्ने बताईन। काठमाडौंका सडकमा गरिबले पानी खान र शाैचालय समेत जान नपाउने अवस्था रहेकाे बताँउदै मेयर निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गरिने बताईन। 

विकसित भएर पनि अव्यवस्थित भएकाे काठमाडौंलाई व्यवस्थित गर्ने बताईन। ´काठमाडौं बनाउने जिम्मा हाम्राे काँधमा आएकाेछ, साेही कारण मलाई काठमाडौंकाे मेयरकाे रुपमा पार्टी र गठबन्धनले अगाडि सारेकाेछ, ` सिंहले भने।  कांग्रेसकाे कार्यकर्ता र सिपही भएकाे बताउदै मैले मेयर निर्वाचित भए भने घाेषणापत्र अनुसारनै काम गर्ने बताईन। शंकरदेव क्याम्पसका पुर्वविद्यार्थी संघले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै सिंहले मेराे राजनितीकाे घर शंकरदेव भएकाे समेत बताइन।  ´शंकरदेवकाे क्याम्पसकाे विकासमा समेत सहयाेग गर्ने बताईन। ´मैले विरासतबाट हाेइन, म शंकरदेवबाट राजनीतिमा उठेकाे छु,`।  २०३३ सालमा गाेर्खाबाट कांग्रेसकाे सदस्यता लिएकाेबताउदै  जनतालाई रैतिबाट जनता बनाउने अभियानकाे नेतृत्व गरेकाे परिवारबाट आएकाे बताए।  मंगलदेवीसिंह काे परिवारबाट आएकाे महिला सदस्य भएकाेले महिला र उत्पिडितकाे हितका लागि म मेयर बन्ने अभियानमा हाेमिएकाे बताए।  लाेकतन्त्र ल्याउनका लागि लडेर आए सुसासनै मेराे प्रमुख दायित्व भएकाे बताईन। ´भ्रष्टाचार मुक्त काठमाडौं बनाउने हाे, डिजिटल प्रविधिकाे प्रयाेग गरेर घरबाटै सेवा दिने हाे, ` सिंहले भनिन। घरघरबाटै फाेहाेरकाे व्यवस्थापन गर्न सकिने समेत बताइन।  साना साना समस्याले काठमाडौं गिज्याउने गरेकाे समेत सिंहले बताइन। ´आय न्यून भएका महिला दिदीबहिनीहरुलाई राहतकाे व्यवस्था गर्दे स्वराेजगारकाे व्यवस्था गराउने छु,` सिंहले भनिनन। 

जेष्ठ नागरिककाे समस्या अत्याधिक रहेकाे बताउदै अब भवन बन्छ भने जेष्ठ नागरिक भवन भन्छ नभए खाली जग्गामा पार्क बन्छ। अब व्यापारिक महल बनाउने काम बन्द हुनेछ। ३२ वडै स्वास्थ प्रवन्धन केन्द्र र जेष्ठ नागरिक भवन बन्नेछ। 

महागनर वासीका लागि सुविधा सम्पन्न अस्पताल खाेल्ने समेत घाेषणाा गरेकी छन। उक्त अस्पतालमा असाहाय, दिनदुखी  र जेष्ठ नागरिक लाई निशुल्क उपचार 

पैसा नहुनेलाई काठमाडौं पानी खाने व्यवस्था समेत नरहेकाे बताउदै सार्वजनिक स्थलमा निशुल्क खानेपानी र शाैचालयकाे व्यवस्था गर्नसमेत बताइन। 

काठमाडौं सस्कृति र सभ्यता र पुरातत्त्विक सम्पदाकाे संरक्षण गर्ने समेत बताइन। ´सफा काठमाडौं, व्यवस्थित काठमाडौं सवैलाई चाहेकाे खाेजेकाे छ,` सिंहले भनिन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१