स्थानीय तह नेतृत्वमा युवापुस्ताको आकर्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७९, मंगलवार ०५:३५

काठमाडौँ । “समाजको विकासका लागि युवापुस्ता आउनुपर्छ”, महालक्ष्मी नगरपालिका–७ ललितपुरमा नेकपा एमाले पार्टीबाट वडा अध्यक्षका उम्मेदवार २७ वर्षीय सुजीत बस्नेतले भने, “अबको दीगो विकासको मोडल युवालाई थाहा हुन्छ, समाजले अहिले युवा नै नेतृत्व खोजेको छ ।”

स्नोतक अध्ययन गरेर सामाजिक क्षेत्रमा क्रियाशील हुँदाहँुदै राजनीतिमा आकर्षित भएका बस्नेत आफ्नो वडामा जे परे पनि पुग्छन् । खानेपानी, सडक विकास, दुःखसुखमा सामेल हुने गरेका छन् । “म मतदाताको घरघरमा पुगेको छु, दुःख सुखमा साथ दिएको छु”, उनले उत्साहित भएर भने, “मतदाताले महसुस हुने गरी काम गरेको छु ।”

विद्यालयमा पढ्दै १५ वर्षको उमेरदेखि नै वडाको युवा सङ्घमा आबद्ध भएर राजनीतिमा प्रवेश गर्नुभएका बस्नेतसँग उक्त नगरको युवासङ्घ अध्यक्ष र युवासङ्घ ललितपुर जिल्लाको कोषाध्यक्ष भएर काम गरेको अनुभव छ । “समाजको विकासका लागि मूल नीति भनेको राजनीति नै हो भन्ने भनेको मलाई लाग्यो”, उनले राजनीतिप्रति आफ्नो मोह बढ्नुका कारण सुनाउँदै भने, “मुलुकको विकास, सुशासन र समृद्धिका लागि राजनीति नै रैछ, त्यसका लागि युवा नेतृत्वको आउनुपर्छ ।”

आफूले फोहर व्यवस्थापन, खानेपानी, विकास निर्माणका काममा सक्रिय भएर काम गरिरहेको र निर्वाचन जितेमा थप क्रियाशील भएर काम गर्न प्रोत्साहन र नैतिक बल पुग्ने उनको ठम्याइ छ ।

बस्नेत जस्तै सानैदेखि राजनीतिमा क्रियाशील ३३ वर्षीय सङ्गीता पाख्रिन पछिल्लो समय नेकपा एकीकृत समाजवादी मा आबद्ध भएर अहिले गठबन्धनबाट भीमेश्वर नगरपालिका दोलखाको उपप्रमुखमा उम्मेदवारी दिएका छन् । पाख्रिन २०५६ मा कक्षा ६ अध्ययन गर्दा १४ वषमै अनेरास्ववियू प्रारम्भिक कमिटीको अध्यक्ष भएर काम गरेका थिए । विसं २०६५ मा गौरीशङ्कर क्याम्पस दोलखाको अनेरास्ववियू कोषाध्यक्ष हुँदै अनेरास्ववियू दोलखा जिल्ला अध्यक्ष र अनेरास्ववियू केन्द्रीय सदस्य भएर काम गरेको अनुभव छ उनीसँग ।

“भीमेश्वर नगरपालिकालाई समृद्ध र पर्यटकीय सहर निर्माण गर्नेछु”, उनले भने, “सबै तह वर्गको विकासमा ध्यान दिनेछु, जनताको साथमा रहनेछु, साथ निभाउनेछु ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०