धीरज प्रताप सिंह नेपाल प्रहरीको आइजीपी नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७९, सोमबार ०५:०७

काठमाडौं । सरकारले नेपाल प्रहरीको आइजीपीमा धीरज प्रताप सिंहलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले सिंहलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सिंहले १२ चैत्र २०४९ मा इन्स्पेक्टरका रुपमा नेपाल प्रहरीमा सेवारम्भ गरेका थिए । त्यतिबेला उनले पहिलो नम्बरमा नाम निकालेका थिए । २०६१ मा डिएसपी र २०६९ मा एसपी बढुवा हुँदा पनि पहिलो वरियतामै थिए । एसपी बढुवामा आफ्नो ब्याचीमा दोस्रो नम्बरमा थिए ।

डिआइजी र एआइजी बढुवामा उनी केही पछि परेका थिए । तर, सिंहले आइजीपी बढुवामा वरियताको तेस्रो नम्बरमा रहेर पनि छलाङ मारे । यसअघि उनका प्रतिष्पर्धीहरु एआइजी विश्वराज पोखरेल र सहकुल थापाले पनि बढुवामा छलाङ मारेका थिए । तर, दुवै एआइजीलाई उछिन्दै सिंहले बाजी मारेका छन् ।

नेपाल प्रहरी नियमावली अनुसार जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सार्मथ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भनिएको छ । समग्र मूल्यांकनमा बढी अंकका साथ सिंहले बाजी मारेको बुझिएको छ ।

सिंह अपराध अनुसन्धानका क्षेत्रमा दख्खल राख्ने अधिकृत मानिन्छन् । उनले जोखिमयुक्त ठाउँको कमाण्ड सम्हाले । उनी पर्सा प्रहरी प्रमुख भएर काम गरे । अपराध अनुसन्धान महाशाखाको पनि कमाण्ड सम्हाले । प्रदेश नं २ को कमाण्ड सम्हाले । सीआइबीमा रहेर उनको कार्यकालमा जोखिमयुक्त कार्य भए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१