विवाद मिलाउन एन्फा कार्यसमितिको बैठक तत्काल बोलाउन माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७९, शनिबार ०५:०३

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाका तीन उपाध्यक्षले कार्यसमितिको बैठक यथासिघ्र बोलाउन माग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्षहरु कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित केन्द्रीय सदस्य दावा लामाले कार्यसमितिको बैठक तत्काल बोलाउन माग गरेका हुन् ।

उनीहरुले एशियन कप छनोट चरणको तयारीमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीहरु र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशिल विषय भएको उल्लेख गर्दै बैठक बोलाएर छलफल गर्न माग गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१