उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७९, शुक्रबार १४:०२

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो।

केन्द्रको उक्त निर्णयविपरीत विभिन्न ठाउँमा स्थानीय नेताहरूले बागी उम्मेदवारी दिएका छन्। देशका अरू विभिन्न भागमा पनि गठबन्धनका स्थानीय नेताले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्।

सत्तारूढ गठबन्धनका नेताहरूले आज साँझसम्म त्यस्ता उम्मेदवारी फिर्ता गरेर साझा उम्मेदवार बनाउने भनेका थिए। भरतपुर, जनकपुरजस्ता ठाउँमा बागी उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन्।

उम्मेदवारी फिर्ता लिन केही घन्टा बाँकी रहेका बेला गठबन्धनका शीर्ष नेताको बैठक बसेको हो।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१