भरतपुरका बागी उम्मेदवार मनाउन गएका दुई मन्त्री बिना निष्कर्ष काठमाडौं फर्किए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७९, शुक्रबार १३:५२

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ताका लागि मनाउन गएका गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्किएका छन् ।

शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किएका हुन् । उनीहरुले स्वतन्त्र उम्मेदवार पौडेललाई घरमा नै गएर भेटेका थिए ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन पाउने समय शुक्रबार साँझ ५ बजेसम्मलाई तोकेको छ ।

भरतपुरमा रहँदा मन्त्री खाँणले कांग्रेस केन्द्रीय सदस्य, पूर्व पार्टी सभापतिसहितका नेताहरुलाई भेटेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१