ओलीलाई गगन थापाको जबाफ : जसको मुखमा अँगार छ, उसले ओकल्नै कालै हो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७९, बिहीबार ०४:५७

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई शरीरको ख्याल राखेर अभिव्यक्ति दिन सुझाएका छन् ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उनले ओलीलाई शरीरको ख्याल राखेर अभिव्यक्ति दिन सुझाएका हुन् ।

एमाले अध्यक्ष ओलीले मंगलबार कांग्रेसको चुनावी घोषणा पत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले भने,“सनक्क सन्किँदा शरीरलाई अपठ्यारो पर्न सक्छ । शरीरको ख्याल राख्नुहोला ।”

उनले ओलीको मुखमा अँगार भएको टिप्पणी गर्दै मुखमा अँगार भएको व्यक्तिले कालो नै ओकल्ने बताए । “जसको मुखमा अँगार छ उसले ओकल्ने कालै हो,” उनले भने ।

कांग्रेसको घोषणा पत्र पागल प्रलापको संज्ञा दिएकोमा आपत्ति जनाउँदै उनले झुटलाई कसैले चुनौती दिँदा एमाले अध्यक्ष ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, डा.गोविन्द केसीलाई पनि पागल भनेको स्मरण गरे ।

“झुटलाई कसैले च्यालेञ्ज गर्छ उहाँले सबैभन्दा पहिले गाली गर्ने कुरा पागल हो,” उनले भने,“सुशीला कार्की, गोविन्द केसीलाई पनि भन्नुभएकै हो । ”

उनले चुनावबाट फुर्सदिलो भएपछि बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई ट्युसन पढाउने पनि बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१