१ लाख ४४ हजारको मनोनयन दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७९, बुधबार ०४:३२

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ४४ हजार ४ सय १६ मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज १२ बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार १ लाख ४४ हजार ४१६ मनोनयन दर्ता भएको भएको हो ।

७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

प्रमुखमा ३३ सय ७५, उपप्रमखुमा २०६९, अध्यक्ष ३३३४, उपाध्यक्षमा २३६४, वडाध्यक्षमा ३३ हजार ७ सय ९७ जनाले उम्मेदवारी दर्ता गरेकाछन् ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ ।

वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१