सिर्जना सिंहले काठमाडौंको मेयरमा उम्मेद्धवारी दिएपछि चाक्सीबारीमा चहलपहल, गगनदेखि आरजुसम्मपुगे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७९, बुधबार ०४:२८

काठमाडौं । काठमाडौं महानगरको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले उम्मेद्धवारी दर्ता गराएकी छिन् ।

अहिले सिंह निवास चाक्सीबारीमा चहलपहल बढेको छ । चुनावी रणनीति बनाउनको लागि कांग्रेसका नेताहरु पनि भेला भएका छन् ।

‘संस्कार, संस्कृति र सभ्यताको सम्मान, मेयर पदमा सिर्जना सिंहलाई मतदान’ नारा दिएर सिंहका समर्थकहरुले प्रचारप्रसार तिव्र पारिसकेका छन् ।

आज सिंह निवासमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणापनि पुगेकी छिन् । त्यस्तै, महामन्त्री गगन थापा र नेता राजन केसी पनि पुगेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१