नेपाली कांग्रेस गोकर्णेश्वरको प्रमुख र उपप्रमुखमा दिपक रिसाल र शान्ती नेपालले मनोनयन दर्ता गराए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७९, मंगलवार ०५:३२

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सचिव दिपक रिसाल र महाधिवेशन प्रतिनिधि शान्ती नेपालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन । उनीहरुले गोकर्णेश्वरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थिति भई उम्मेदवारी दर्ता गराएका हुन।

गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी निवासी दिपक रिसाल नगरपालिकाको सल्लाहकारको भूमिका रहेर उनले नगरपालिकाका कार्यक्रम तथा योजना निर्माण र कार्यान्वयनमा पनि भूमिका खेलेका छन् । २०४६ सालदेखि कांग्रेसको राजनीतिमा लागेको  उनी राजनीतिका साथै सामाजिक, धार्मिक, खेलकुदका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका गतिविधिमा पनि सक्रिय छन् ।साहेब होइन सेवक बन्नको लागि नगर प्रमुख पदमा उम्मेदवारी दिएको रिसालको भनाइ रहेको छ । उप प्रमुखको उम्मेदवार गोकर्णेश्वर नगरपालिका वडा नं ४ निवासी शान्ती नेपाल २०७४ सालमा गोकर्णेश्वर नगरपालिका उप प्रमुखमा निर्वाचित भएकी थिइन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१