गोकर्णेश्वरको नगर प्रमुख र उप प्रमुखमा गोपाल प्रसाद बराल र पेमाछिरी शेर्पाले उम्मेदवारी दिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७९, मंगलवार ०५:२३

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा सत्तारुढ गठबन्धनसम्बद्ध दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादी बीच चुनावी तालमेल अनुसार  उम्मेदवारी दिएका छन । नेपाली कांग्रेससँग सहमति हुन नसकेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल भएको हो ।

तालमेल अनुसार गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख पदमा एकीकृत समाजवादी बाट गोपाल प्रसाद बराल र माओवादी केन्द्रका पेमाछिरी शेर्पाले गोकर्णेश्वरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा र दलबल सहित गएर उम्मेदवारी दर्ता गराएका हुन। जोरपाटी निवासी बराल नेकपा एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्य हुन भने पेमा छिरि शेर्पा नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषद सदस्य एवम् गोकर्णेश्वर नगर इन्चार्ज समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१