गोकर्णेश्वर नगरपालिकाको मेयरमा काँग्रेसबाट दिपक रिसाललाई टिकट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७९, सोमबार १४:२६

नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर ३ गोकर्णेश्वर नगरपालिकाको मेयरका लागि दिपक रिसाललाइ टिकट दिएको छ । रिसाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ को सचिव छन् । उनी कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि पनि हुन् । नगर कमिटीले रिसाललाई पहिलो नम्बरमा राखेर मेयरको उम्मेदवार सिफारिस गरेको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विजयी निवर्तमान मेयर एवम् कांग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसेलाई सघाएका रिसालले यस पटक आफू उम्मेदवार बन्ने आकांक्षा राखेका थिए ।   क्षेत्रीय समितिले उम्मेदवारबारे मागेको सुझावमा नगर कमिटीले रिसालको सामाजिक प्रभाव बढी भएको भन्दै मेयर उम्मेदवार बन्न योग्य भनेर सिफारिस गरेको थियो  ।

रिसाल वरिष्ठ समाजसेवी तथा शिक्षाविदका रुपमा समेत स्थापित व्यक्ति हुन । गोकर्णेश्वर नगरपालिकामा सर्वार्धिक रुचाईएका बौद्धिक, सरल र मिलनसार रिसाल कुशल व्यक्ति हुन् भने प्रशासनिक क्षमताका धनी ब्यक्तित्व मध्यमा पर्छन् । नेपाली कांग्रेसका तत्कालिन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा वि सं  २०४६ सालमा भएको पहिलो जनआन्दोलनमा आरआर क्याम्पसबाट विद्यार्थीको भूमिकामा आन्दोलनमा सहभागी भएका रिसाल गणेशमान सिंहको जीवनीबाट प्रभावित भएर नेपाली कांग्रेसको राजनीतिमा प्रवेह गरेका नेता हुन् । सैद्धान्तिक बैचारिक एवम् प्रखर बक्ताका रुपमा समेत चिनिएका रिसाल सामाजिक अभियन्ता,खेलप्रेमी तथा लोकप्रिय र प्रभावशाली युवा नेता हुन । वि सं २०३० साल भदौ १३ गते काठमाडौंको जोरपाटीमा जन्मिएका रिसाल  हाल गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहाकार समेत रहेका छन् । उनी अहिले नेपाली काँग्रेसको राजनीतिमा मात्र नभएर विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै सामाजिक काममा समेत कृयाशिल रहेका छन् ।

चुनावलाई केन्द्रित गरेर रिसालले आफ्ना योजना सार्वजनिक गरिसकेका छन् । उनले नगरपालिकाले गोकर्णेश्वर, चामुण्डा, उत्तरबाहिनी, बागद्वार, सुन्दरीमाई, तारेभिरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पूर्वधार विकासका  योजना अघि सारेका छन् । त्यस्तै नगरपालिकाभित्र शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने र रोजगारी सिर्जना गर्ने कामममा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् ।

१ लाख ५१ हजार २ सय जनसंख्या भएको यो नगरपालिकामा ३३ हजार ८ सय ९८ मतदाता छन् । अघिल्लो चुनावी परिणामका हिसाबले काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकामा कांग्रेस बलियो छ । देशभरै सत्तारुढ पाँचदलले गठबन्धन गरेर जाने निर्णय गरेको समयमा अघिल्लो चुनावमा नै सर्वाधिक मत पाएको कांग्रेसले गोकर्णेश्वरमा आफ्नो दाबी गरेको छ । २०७४ को चुनावमा यो नगरपालिकामा कांग्रेसले ७० प्रतिशत परिणाम निकालेको थियो । नौवटा वडा रहेको यो पालिकामा कांग्रेसले प्रमुख/उपप्रमुखसहित छवटा वडामा जित हात पारेको थियो  । बाँकी तीनवटा वडाअध्यक्षमध्ये एउटामा राप्रपा र दुईवटामा एमालेका उम्मेदवार विजयी भएका थिए । नगरपालिका प्रमुखमा कांग्रेस ९ हजार ९ मतका साथ विजयी हुँदा दोस्रो भएको एमालेले ७ हजार ५ सय ९५ मत पाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१