ब्यक्तित्व विकास तथा नेतृत्व क्षमता विकास तालिम कार्यक्रम भब्यताका साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७९, सोमबार ०५:२३

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा वेब बैँक नेपाल प्रा. लि.को सहकार्यमा तीन दिवसीय ब्यक्तित्व विकास तथा नेतृत्व क्षमता विकास तालिम कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिकाका नौ वडा सचिवहरु, शाखा प्रमुखहरु, उपशाखा प्रमुखहरु, कर्मचारी गरी ६० जना भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको थियो ।

सहभागीहरुमा आत्मविश्वाको जागरण पैदा गरी कार्यसम्पादन प्रक्रयामा नेतृत्व क्षमताको विकास गर्ने सोचका साथ आयोजित कार्यक्रमलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशाषकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, सूचना अधिकारी एवं शाखा अधिकृत टंकनाथ घिमिरे, लेखा प्रमुख रामजी रायमाझीले कार्यक्रमको सम्वोधन गर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०