राष्ट्रिय खवरको नवौँ बार्षिकउत्सव भब्यताको साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०७९, आईतवार ०५:४४

काठमाडौं । राष्ट्रिय खवर डट कमले आफ्नो स्थापनाको नवौँ बार्षिक उत्सव भब्यताका साथ मनाएको छ । बालुवाटार स्थित नेपालहाउसमा आयोजना भएको उक्त कार्यक्रममा बोस्टर मिडियाका सल्लाकार, संचालक, प्राविधिक, कर्मचारी तथा शुभचिन्तक सहित १०० भन्दा बढी अतिथिहरुका साथ कार्यक्रम संचालन भएको थियो ।

पुर्व अर्थमन्त्री रामशरण महतको प्रमुख आथित्य तथा बोस्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । विशेष अतिथिको रुपमा पुर्व सांसद तथा बोस्टर मिडियाका सल्लाहकार गीता राणा, सल्लाहकार भवनी प्रसाद पौडेल, फ्रेण्डसीप अस्पतालका अध्यक्ष दिपक अधिकारी, सल्लाकार सकिला पाठक, युवा ब्यवसायी हंकल्पित न्यौपाने, अपेनका केन्द्रीय सदस्य कमला अधिकारी ढकाल, किवानिस क्लव अफ कान्तिपुरका अध्यक्ष एवं राजनीतिकर्मी चन्दा खतिवडा, अथिति सरोज सुवेदी, ब्यवसायी निकी सिहं मल्होत्रा, महिला उद्यमी शितल शर्मा लगायत विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति हरुको थियो ।

कार्यक्रमलाई आयोजकको तर्फबाट सभाध्यक्ष तथा राष्ट्रिय खवरका अध्यक्ष मुकुन्द ढुंगानाले स्वागत गर्नुहुँदै राष्ट्रिय खवरलाई सातै प्रदेशमा स्थापित गरिसकिएको र विश्वका महत्वपूर्ण देशमा समेत शाखा कार्यलय खोली मिडिया संचालनमा रहेको जानकारी गराउनु भयो । कोभिडको प्रकोप संगसंगै ब्यवसायिक विकासमा केही अवरोध भएपनि सम्वत् २०७९ मा सबै प्रदेशलाई प्रभावकारी तवरले अगाडि बढाइने र कम्तीमा १० देशमा अन्तरदेशीय कार्यालय संचालनमा ल्याइने जानकारी गराउनु भयो भने आवाज विहिनका आवाजहरु लाई अफ प्रभावकारी तवरले उठान गर्दै मिडियालाई सशक्त र प्रभावकारी रुपले विकास गरिने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

समाजमा विभिन्न तवरले योगदान दिइ सक्नु भएको ब्यक्ति ब्यक्तित्वहरु शिक्षासेवी रिंकु ढकाल, महिला उद्यमी एवं समाजसेवी मञ्जु सिंह, बरिष्ठ समाजसेवी साकिला पाठक, मिडियाकर्मी दिलमाया तामांग, राजनीतिकर्मी तथा युवा ब्यवसायी एवं नेपाल तामांग घेदुगं संघ रामकृष्ण ब्लोन, युवा पत्रकार डि. बी. पराजुली लाई योगदानमा आधारित सम्मान प्रदान गरिएको थियो भने विशेष अतिथिहरु दिपक अधिकारी, शितल शर्मा, निकी सि.ह मल्होत्रा, कमला अधिकारी ढकाल, सरोज सुवेदी, हेमा गुरुगं, खुसी पराजुली, सस्मिता पाठक, हंकल्पित न्यौपाने लगायतलाई मायाकाृे चिनो सम्मान स्वरुप प्रदान गरियो । कार्यक्रमलाई अथितिको रुपमा सम्वोधन गर्नुहुँदै स्वास्थ्य ब्यवसायी दिपक अधिकारीले राष्ट्रिय खवरले अव सबै राजनैतिक दलका सवै घोषणापत्र लाई सार्वजानिक सुनुवाईका माध्यामबाट चिरफार गर्ने र उक्त जारी गरिएका घोषणापत्रको प्रभावकारीता र कार्यान्यवन पक्षलाई गतिलो गरी चिरफार गर्न अगाडि बढ्नलाई शुभाकामना ब्यक्त गर्नु भयो । राष्ट्रिय खवरको नवौ बार्षिक उत्सव संगै अध्यक्ष मुकुन्द ढंगानाको जन्मोत्सव समाह्रोसमा समेत हर्ष उल्लासका साथ अतिथिहरुको सहभागिता हरेको थियो । कार्यक्रमको समन्वय संथापक संचालक कल्पना दंगाल शर्माले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सूचना प्रविधि ब्यवसायी तथा वोस्टर मिडियाका सिइओ द्रोण पराजुलीले गर्नुभएको थियो । सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१