प्रधानमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ –विश्लेषक रायमाझी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०७९, शुक्रबार ०४:३८

काठमाडौं । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा दुवैले राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् ।

रायमाझीले प्रधानमन्त्रीको निर्देशनमा अर्थमन्त्रीले राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गरेको प्रचण्डको भनाइ सार्वजनिक भएको भन्दै उनीहरु दुवैले नैतिकरुपमा राजीनामा दिनपर्ने बताएका हुन् ।

रायमाझीले एक विज्ञप्ती जारी गर्दै लेखेका छन्,‘नैतिक रुपमा तत्काल राजीनामा दिनुपर्छ कि पर्दैन प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउबाको निर्देशनमा अर्थमन्त्रीले राष्ट्र बैंकको गभर्नर लाई निलम्बन गरेको थियो भनेर उनले आफ्नो भनाइ सार्वजनिक भएपछि प्रधानमन्त्री र अर्थमन्त्री दुवैले नैतिक रुपमा तत्काल राजीनामा दिनुपर्छ कि पर्दैन?’

उनले अगाडी लेखेका छन्,‘यस्ता कपोलकल्पित जनतालाई दिग्भ्रमित पार्ने सरकारमा बसेका व्यक्तिलाई समस्त नेपाली जनता एकजुट भएर उखेलेर फाल्नुपर्छ। अन्यथा यस्ता गठबन्धनबाट उत्पन्न हुने समस्याले देशलाई झन् संकटग्रस्त बनाउँदै लानेछ। न्यायालयको अन्तरिम आदेशमा निलंबित राष्ट्र बैंकका गभर्नर कार्यालय फर्किसकेका छन्। ’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०