सहमति जुट्न नसक्दा सत्ता गठबन्धनको बैठक लम्बियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७९, बिहीबार ०५:२४

काठमाडौं । सत्ता साझेदार पाँच दलिय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । गठबन्धनबीच अधिकांश महानगर उपमहानगरापलिकाको नेतृत्वबारे सहमति जुटेपनि नेपालगञ्जको उपमहानगरपालिकाको नेतृत्वको विवाद मिल्न नसकेपछि छलफल लम्बिएको स्रोतले जनाएको छ ।

शीर्षनेताहरुको छलफलपछि दलहरु आ–आफ्नो आन्तरिक छलफलमा जुटेका थिए । स्थानीय तह निर्वाचनका लागि तालमेलको भागवण्डा मिलाउन प्रधानमन्त्री निवासमा भएको बैठकमा आज उम्मेदवारको विषयमा छलफल भइरहेको छ । सम्भवत आज उम्मेदवारको टुंगो लाग्नेछ ।

गठबन्धनका शीर्ष नेताहरुसहितको बैठकमा कुन पालिका कसलाई दिने,कसका उम्मेदवारलाई उठाउने भन्ने विषयमा बैठक केन्द्रीत भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१