शंकास्पद डलर ल्याएको विषयमा अनुशन्धानको घेरामा परेका शाह फरार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७९, बुधबार ०५:२७

काठमाडौं । अमेरिकाबाट शंकास्पद ४० करोड रकम ल्याएको विषयमा अनुशन्धानको दायरामा रहेका पृथ्बीबहादुर शाह फरार भएका छन् । शाहले ल्याएको रकम अवैद्य भन्दै नेपाल राष्ट्र बैंकले सुरुमा रोक्का गरेको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा उनको रकम फुकुवा गर्न भनिएको थियो ।

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री शर्माको आदेश नमानेपछि उनलाई सरकारले निलम्बन गरेको छ । अधिकारी भने आफूमाथि गरिएको निलम्बन कानूनविपरित भन्दै सर्वोच्च अदालत पुगेका छन् । आजबाट उनको रिटमाथि सुनुवाई समेत सुरु हुने भएको छ ।

उता, शंकास्पद रकम ल्याएको आरोपमा सरकारी निकायले अनुशन्धान बढाउन थालेपछि शाह भने फरार भएका छन् । शाह यसअघि पनि भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेको समाचार आएका थिए ।

उनीमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुशन्धान प्रक्रिया अघि बढाएलगत्तै उनी फरार भएको बुझिएको छ । शाह कहिले भारु र कहिले डलर कारोबारमा मुछिँदै आएका छन् । शाह अहिले भागेर सिंगापुर पुगेको चर्चा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०