भरतपुर माओवादीलाई छाड्न देउवाको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७९, बुधबार ०५:२४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन काँग्रेसका सभापति राजेश्वर खनाललाई बालुवाटारमा बोलाएर भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले खनाललाई आकस्मिक रुपमा बोलाएर गठबन्धनका लागि यस्तो अवस्था आएको बताएका हुन् ।

परिस्थितिलाई बुझ्न र गठबन्धनलाई मजबुत बनाएर जान उनले आग्रह गरेको बुझिएको छ । खनालले सभापति देउवाले भरतपुर माओवादीलाई छाड्नुपर्ने भनेको खुलाए ।

काँग्रेसभित्र भरतपुर महानगरपालिका नछाड्ने विषय उठिरहँदा देउवालाई खनाललाई डाकेर त्यस्तो भनेका हुन् । देउवाले काठमाडौं, ललितपुर र विराटनगर आफूहरुले लिने भन्दै भरतपुर माओवादीलाई छाड्नुपर्ने अवस्थाबारे प्रष्ट पारेका थिए । देउवाले जिल्लाको माहोल सम्हाल्न समेत भनेको बताए । तर, जिल्ला सभापति खनालले माहोल फरक रहेको भन्दै कठिन चुनौती आउने जवाफ दिएका थिए ।

भरतपुर महानगरमा गत ०७४ सालको स्थानीय चुनावमा कांग्रेसले माओवादीलाई सघाएको थियो । कांग्रेसको साथ र समर्थनमा रेनु दाहाल भरतपुरको मेयर निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१