अर्थमन्त्री शर्माको पद धरापमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७९, बुधबार ०५:१४

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माको पद धरापमा परेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदलतले काममा फर्कने गरी अन्तरीम आदेश जारी गरेसँगै उनको पद धरापमा परेको हो ।

शर्माकै चाहना अनुसार सरकारले अधिकारीलाई कारबाही गरी निलम्बन गरेको थियो । तर, अधिकारी फर्कने गरी अदालतले बाटो खोलिदिएपछि नयाँ घटना विकास भएको हो ।

शर्मा र अधिकारीबीच आर्थिक नीतिमा विवाद बढेको थियो । विशेषगरी अमेरिकाबाट ल्याइएको ४० करोड रकम अर्थ मन्त्रालयले रोक्का गरेर राखेकोमा छाड्न शर्माले दिएको निर्देशन नमानेपछि विवाद बढेको थियो ।

शर्मा दबाबमा परेपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नहटाउने बताइसकेका छन् । तर, शर्मामाथि चुनौती आइपरेको छ ।

विगतमा तलिक रावललाई गभर्नरबाट हटाउन अर्थमन्त्री महेश आचार्यले सरकारमार्फत् कदम चालेपनि अदालतलको आदेशमा पुनः बहाली भए । त्यसपछि आचार्यले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१