उपत्यकामा जताततै दुर्गन्ध, सडकभर फोहोर थुप्रिदा कुहिएर गन्हाउन थाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७९, मंगलवार ०३:४१

काठमाडौं । उपत्यकामा फोहोर नउठेर सडक दुर्गन्धित भएको छ । फोहोर नियमित नउठ्दा थुप्रिएको छ । सडकभर लामो समययता फोहोर थुप्रिदा कुहिएर गन्हाउन थालेको छ ।

उपत्यकाका नदी पनि प्रदूषित भएका छन् । नदी किनार गन्हाउन थालेको छ । कोरिडोरहरुमा हिंड्न नहुने भएको छ ।

बागमती र सहायक नदीहरुमा अत्याधिक प्रदूषित गरिएका छन् । नदी र खोलाहरुमा ढल मिसाइएका छन् । उपत्यकामा गोदावरी खोलाबाहेक सबै खोलामा सिधै ढल मिसाइएको छ ।

उपत्यकामा फोहोर थुप्रिनुमा पासाङ ल्हामु राजमार्ग अन्तर्गत मुड्खु तीनपिप्ले सडक अवरुद्ध हुनु हो । १८ देखि २६ चैत्रसम्म सडक अवरुद्ध गरिएको थियो । २७ गतेबाट सुचारु भएपछि गाडी राम्ररी जान नसक्ने भएको छ । यसकारण फोहोर थुप्रिन थालेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१