सुँघ्ने क्षमता गुमाउनेको मृत्यु ५ वर्षभित्रै !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ आश्विन २०७१, बिहीबार १३:२९

एजेन्सी । के तपाईंको नाकले कुनै पनि चिजको बास्ना थाहा पाउँन छाड्यो ? त्यसो भए होसियार रहनुस् है, नाकले गन्ध थाहा पाउन छाड्नु भनेको तपाईंको स्वास्थ्य खराब भएको संकेत हो ।

युनिभर्सिटी अफ सिकागोका अनुसन्धानकर्ताका अनुसार नाकले गन्ध थाहा पाउन छाड्नु भनेको क्यान्सरसम्मको संकेत हुन सक्छ । सुँघ्ने क्षमता गुमाएका महिला तथा पुरुषको ५ वर्षभित्रै मृत्यु हुने सम्भावना अन्य मानिसको भन्दा ६ गुणा बढी हुने अनुसन्धानकर्ताको दाबी छ । अनुसन्धानका क्रममा मानिसहरुलाई माछा, गुलाफ, छाला, सुन्तला तथा पिपरमेन्टका गन्ध सुँघ्न लगाइएको थियो । यी ५ प्रकारका गन्ध सुँघ्न नसक्नेहरुको ५ वर्षभित्रै मृत्यु हुने सम्भावना रहेको उनीहरुको भनाई छ । ‘सुँघ्न सक्ने क्षमता गुमाउनु प्रत्यक्ष रुपमा मृत्युको कारण त होइन, तर केही खराब भएको संकेत भने अवश्य हो,’ युनिभर्सिटी अफ सिकागोका अनुसन्धानकर्ता जयन्त पिन्टोले भने । तर, बेलायती अनुसन्धानकर्ताहरुले भने यसबाट भयभित नहुन आग्रह गरेका छन् । उनीहरुले सुँघ्न सक्ने क्षमता र मृत्युको संबन्ध पुष्टि हुन थुप्रै अध्ययन आवश्यक भएको बताएका छन् । बेलायतका नाक कान घाँटी विशेषज्ञ प्रा. निर्मल कुमार भन्छन्, ‘सुँघ्ने क्षमता गुमाउन थालेका मानिसले डराउनुपर्ने कुनै कारण छैन ।’ अध्ययनका क्रममा ५७ देखि ८५ वर्षका ३ हजार महिला तथा पुरुषहरुलाई ३ मिनेटसम्म सुँघ्न लगाइएको थियो । त्यसका लागि उनीहरुलाई चार संभावित जवाफमध्येबाट छान्न भनिएको थियो । अधिकांशले ५ वटामध्ये चारवटा चिजको सुगन्ध पत्ता लगाएकामा उनीहरुको सुँघ्ने क्षमतालाई सामान्य मानिएको थियो । २० प्रतिशतले ३ वटा पदार्थको सुगन्ध पत्ता लगाएका थिए भने ३.५ प्रतिशत मानिसले कुनै पनि पदार्थको सुगन्ध चिन्न सकेनन् । तिनीहरुको सुँघ्ने क्षमता गुमेको मानिएको थियो । ५ वर्षपछि अध्ययनमा सामेल ३ हजार मानिसमध्ये ४५० जनाको मृत्यु भएको थियो ।  source: swasthyakhabar 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, पुस १०, २०८१