हाँडीगाउँको गहना खोज्ने जात्राको कथा (फोटोफिचरसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०७९, सोमबार ०४:०६

काठमाडौं । गहना खोज्ने जात्रा अर्थात् अजिमा तिसा मालिगु जात्रा । यो जात्रामा टुडाल देवीको मूर्तिलाई खटमा नगर परिक्रमा गराई बेलुकी टंगालस्थित गहना पोखरी भित्र डुबाएर तीन पटक परिक्रमा गराइन्छ ।

गहना खोज्ने जात्रा भनिएपनि पोखरीमा गहना भने हुँदैन । पोखरीमा टुडाल देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ ।
किम्वदन्तीका अनुसार टुडालदेवीलाई भेट्न जाँदा भाटभटेनीले आफ्नी आमाको एक पोडेसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन् । त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहनाहरु उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्परा सुरु भएको विश्वास छ । यद्यपी स्थानीयहरु माथि उल्लेखित कथा नयाँ भएको बताउँछन् ।

कलियुगको सुरुवाती समय हाँडीगाउँमा रहेको कैलाशकुट भवनमा तोला महारानी भन्ने रानी थिइन् । रानीको महल गरगहनाले भरिभराउ थिए । आफ्नो करुणको कारण पोखरीमा पातमा बसेर स्नान गर्न सक्थिइन् ।

केही समयपछि उनमा सम्पत्तिको लोभ जाग्यो । सामान्य मानिसले गहना लगाएर हिंड्दा उनको मनमा गहना लगाउने सोच पलायो । गहना लगाउनका लागि उनले जनतामाथि कर लगाउने निर्णय गरिन् । शालिन तोला माहारानीको शान लोभले खुम्चियो । पातमा बसेर स्नान गर्ने उनी पातबाट लड्बडाउँदै खसिन् ।

त्यसपछि उनमा चेत खुल्यो । जनतामाथि कर लगाएर अन्याय गरिरहेको उनले बुझिन् । पश्चाताप स्वरुप दरबार क्षेत्रमा पोखरीमा जनताका लागि गहना खोज्ने जात्रा संचालन भएको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१