कांग्रेसले भन्यो- ‘स्थानीय तहमा गठबन्धन दलबीच प्रतिस्पर्धा हुँदा पनि केन्द्रबाट हस्तक्षेप हुँदैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७९, आईतवार ०३:५४

काठमाडौं । नेपाली काँग्रेसले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर अघि बढ्दा पार्टीको तल्लो तहमा केन्द्रले हस्तक्षेप नगर्ने जनाएको छ ।

शनिवार भएको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भइरहेका बेला पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले महानगरपालिका र उपमहानगरमा गठबन्धन गर्ने र उम्मेदवार छान्ने बाहेक तल्लो तहमा केन्द्रको हस्तक्षेप नहुने जानकारी दिए ।

‘कहाँ गठबन्धन गर्न सकिन्छ, कहाँ सकिँदैन, कहाँ कसरी जान सकिन्छ वडाध्यक्षदेखि नगरसम्मको अध्यक्ष उपाध्यक्षको सिटमा कसरी जान सकिन्छ त्यो तल्लो तहमा नै टुङ्गो लगाउनुहुन्छ’, पत्रकारहरूसँग महतले भने, ‘महानगरपालिका र उपमहानगरपालिका बाहेक तलका अरू तहमा जहाँ अन्य तहहरूलाई छलफल गर्न जिम्मेवारी दिइएको छ । त्यहीबाट टुङ्गो लाग्छ । केन्द्रबाट यसो गर उसो गर भनेर निर्देशन जाँदैन ।’

केन्द्रीय समितिको निर्णय अनुसार स्थानीय वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने निर्णय अनुसार कहाँ कुन दलको कस्तो स्थिति छ, जनाधार के छ त्यसकै आधारमा तालमेल गर्नुपर्ने उनको भनाई छ । महतले भने–‘कुनै तहमा तालमेल मिलेन त्यहाँ हाम्रै दल शक्तिशाली छ भने गठबन्धन बिना नै प्रतिस्पर्धापनि हुनसक्छ । तर हाम्रो गठबन्धनसँग कुरा मिलेन भनेर एमालेसँग गठबन्धन गर्न चाहिँ जाँदैनौँ । त्यही सहमति नै शीर्ष तहमा भएको हो । त्यही मूल मर्म र भावना अनुसार स्थानीय तहमा रहेका साथीहरूले पनि त्यही जिम्मेवारी निर्वाह गर्नुहोला । हुनेसम्म समझदारी तालमेल गर्नुहोला । कथम् कदाचित् भएन भने त्यसको रिपोर्ट पनि गर्नुहोला । त्यहाँ कसरी जाने त्यसबारे केन्द्रलाई सल्लाह सुझाव पनि दिनुहोला ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१