किवानिस क्लब अफ युनिक नेपालकाे चार्टड प्रेसिडेन्टमा मुकुन्द ढुंगाना,INDUCTION AND INSTALLATION कार्यक्रम भव्यताका साथ सम्पन्न(फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०७९, शनिबार ०६:२२

काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब KIWANIS CLUB OF UNIQUE NEPAL को   INDUCTION AND INSTALLATION कार्यक्रम भव्यताका साथ सम्पन्न  भएको छ । विभिन्न क्षेत्रको व्यक्तिहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरि किवानिस क्लब अफ युनिक नेपालको INDUCTION AND INSTALLATION भएको हो । क्लबमा पत्रकार मुकुन्द ढुंगानाको अध्यक्षतामा २१  सदस्य रहेको छ ।

२१  सदस्यीय समितिले पत्रकार तथा समाजसेवी मुकुन्द ढुंगाना  चार्टड प्रेसिडेन्ट अध्यक्ष  प्रेसिडेन्ट इलेक्ट  भवानी प्रसाद पाैडेल,  भाइस प्रेसिडेन्ट  रिंकु ढकाल , सचिब दिपक अधिकारी , कोषाध्यक्ष – सुमित्रा रंजित छ भने अन्य पधादिकारि चयन क्लबकाे बैठकले गर्ने जनाएकाे छ ।  क्लवका अध्यक्षका ढुंगानाले  कार्यक्रममा बोल्दै क्लवले आगामी दिनमा विषेश गरेर बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा काम गर्ने धेरै क्लवहरु रहेको तर, किवानिजलाई अन्य भन्दा फरक बनाएर लैजाने बताउनु भयो ।

‘किवानिज क्लव अफ युनिकले आगामी दिनमा विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्नेगर्छ । यो काम गर्नको लागि क्लवले तत्काल तथा दिर्घकालिन योजना बनाएर अगाडि बढ्ने  छ । बालबालिका लाई शारिरीक,बौदिक,सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने छ । ढुंगानाले  क्लवले विशेष गरेर शिक्षा, स्वास्थ्य,खेलकुद,वातावरणको क्षेत्रमा निरन्तर काम गर्ने छ। यस अगाडि व्यक्तिगत रुपमा गर्दै आएका सामाजिक कामहरु अब किवानिज क्लव अफयुनिक नेपाल मार्फत गर्ने छौं ।

किवानिज ईन्टरनेशनल नेपालको गर्भनर एकराज पन्त, कार्यक्रमको प्रमुख अतिथि रहेका थिए भने बिशेष अतिथिमा  भाईस गर्भनरमा तीर्थ कुमार सिंह चयन सचिव दीपक शर्मा पौडेल, कोषाध्यक्षमा रामहरी सुवेदी र राजकुमार लामा,मनिषा बिमली  र नम्रता गुरुङ लगाएतकाे उपस्थिति रहेको थियो। क्लबको स्पोन्सर ह्यापी नेपाल र पिस नेपाल रहेको छ भने कार्यक्रमको अध्यक्ष ह्यापी नेपालको अध्यक्ष प्रमिला लामिछानेले गर्नुभएको थियो ।

किवानिस क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्छ । किवानिस इन्टरनेशनल १ सय ७ वर्ष अगाडि स्थापना भएको सामाजिक संस्था हो । “हामी विश्वभरका बालबालिकाको सेवा गछौ ।” भन्ने नारा सहित क्लबले काम गरिरहेको  गर्भनल एकराज पन्तले बताउनुभयो । क्लबले बालबालिकाको शिक्षा, स्वास्थ्य, नेतृत्व र वातावरणको क्षेत्रमा काम गर्ने उहाँले जानकारी दिनुभयो । किवानीस क्बल नेपालमा २०१५ मा स्थापना भएको हो । बालबालिकालाई शैक्षिक सामाग्री, निशुल्क शिक्षा, खाद्यन्न लगाएत बालबालिकाको आवश्यता अनुसारको काम गरिरहेको उहाँले बताउनुभयो । साथै सम्पूर्ण बिशेष अतिथिहरुले युनिक नेपाललाइ बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो भने कार्यक्रम संचालन सचिव दिपक अधिकारीले गर्नुभएको थियो ।

किवानिस क्लब अफ युनिक नेपाललकाे स्पाेन्सर क्लब किवानिस क्लब अफ ह्यापी नेपाल र काे स्पाेन्सर किवानिस क्लब अफ पिस नेपाल रहेकाे थियाे ।

किवानिस क्लब अफ युनिक नेपालले पनि सामाजिक भावनाका साथ बालबालिकाको क्षेत्रमा रचनात्मक काम गर्ने अध्यक्ष मुकुन्द ढुंगानाले प्रतिवद्धता गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१