विमान दुर्घटनामा आठको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७१, सोमबार १०:००

जमिजारिभ (फिनल्याण्ड), ८ वैशाख । फिनल्याण्डमा भएको एक सानो जहाज दुर्घटनामा आठजना यात्रुको ज्यान गएको समाचार छ ।

सो विमानमा १० जनामात्र यात्रु रहेका थिए । विमानमा रहेका ती यात्रु प्यारासुटको तालिम गर्ने व्यक्ति रहेका थिए ।

फिनल्याण्डको साताकुन्तामा सो विमान दुर्घटना भएको हो । प्रहरीले उक्त विमानमा ११ जना यात्रु रहेको जनाएको छ ।

प्रहरीका अनुसार सो विमानमा १० जना यात्रु र एकजना विमान चालक रहेका बताइएको छ । फिनल्याण्डको जमिजारभी विमानस्थलनजिकै सो विमान दुर्घटना भएको हो ।

सो विमानका चालक र प्यारासुट सञ्चालन गर्ने दुई जना भने दुर्घटनाबाट बचेका छन् । उनीहरुको तत्कालै उद्वार गरिएको थियो ।

विमान अवतरणका बेला दुर्घटना भएको बताइएको छ । विमानस्थलमा अवतरण गर्नुभन्दा करिब चार किलोीमटर परैबाट जहाजमा खराबी देखिएपछि अवतरणको प्रयास गरिएको थियो ।

तरपनि सो अवतरण सफल हुन नसकेपछि उक्त दुर्घटना भएको हो । तर उक्त दुर्घटनाको वास्तविक कारण भने पत्ता लागेको छैन । उक्त विमानको दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको हवाई अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया