आलिया र रणवीर विवाह बन्धनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७९, शुक्रबार ०४:३९

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर आज विवाह बन्धनमा बाधिएका छन् । आलिया आफैँले सामाजिक सञ्जालमा विवाहको तस्बिर सार्वजनिक गरेर आज विवाह गरेकोे पुष्टि गरेकी हुन् ।

आलियाले आफ्नो परिवार र नातेदारहरूको बिचमा सबैभन्दा मन पर्ने स्थानमा विवाह गरेको उल्लेख गरेकी छिन् । बालकोनीमा पाँच वर्ष बिताएको स्मरण गर्दै पुरानो धेरै सम्झनाहरूका साथ भविष्यमा बनाउने पनि बताएकी छिन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीको विवाह विभिन्न कारणले पटक–पटक सर्दै आएको थियो । आज दुवै जना घ्यु कलरको ड्रेसमा देखिएका थिए । उनीहरुले हिन्दु परम्परा अनुसार विवाह गरेका थिए। विवाह स्थलमा उनीहरूले ऋषि कपुरको ठुलो तस्बिरलाई साक्षी राख्दै बन्धनमा बाधिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१