आफ्नो चलचित्र बनाउँदा धोनीले ६४ करोड पाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ आश्विन २०७१, बिहीबार १३:२१

(एजेन्सी) भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारित चलचित्र बन्ने घोषणासँगै त्यसले बलिवुडमा निकै चर्चा कमाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार यस चलचित्रका निर्माताहरुलाई भने यो चलचित्र बनाउन निकै महंगो पर्ने देखिएको छ । यस चलचित्रको कपिराइटका लागि कप्तान धोनीलाई निर्माताहरुले ६४ करोड रुपैयाँ दिनुपर्ने हुनसक्छ ।   धोनीको भूमिकामा सुशांत सिंह राजपुत देखिनेछन् । सुशांत यो भूमिकालाई लिएर निकै उत्साहित रहेका छन् ।   भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा आफू धोनीबाट निकै प्रभावित रहेको र राम्रो चलचित्र बनाउन आफूले शत प्रतिशत कोशिस गर्ने बताएका थिए ।   यस चलचित्रलाई नीरज पाण्डेले निर्देशन गर्दैछन् । यसअघि उनले ए वेड्नस्डे र स्पेसल २६ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१